‘द एभरेस्ट म्यान’ १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन

77

काठमाडौं  । कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहणको संघर्ष समेटिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा प्रदर्शन भएको छ।

सोमबार राष्ट्रिय सभागृहमा वृत्तचित्र प्रदर्शन गरिएक‍ो हो। वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन्। निर्देशक अधिकारीले सगरमाथाको सौन्दर्य बचाउने सन्देश र शेर्पाहरूको साहसबारे प्रस्ट पार्न वित्तचित्र निर्माण गरिएको बताए।’सगरमाथा एक्लै चढ्न सम्भव छैन ।

शेर्पाहरूको योगदानको सम्मानका लागि र जलवायु परिवर्तनबाट सगरमाथाको सौन्दर्यमा आँच नपुगोस् भन्ने दबाबका लागि वृत्तचित्र निर्माण भएको हो,’ उनले भने। ‘द एभरेस्ट म्यान’ हालसम्म १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ। वृत्तचित्रले काजगास्तानस्थित वास्ताउ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट वृत्तचित्रको अवार्ड पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here