माकुने त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दै

73

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन्।

अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको एकीकृत समाजवादीले जानकारी दिएको छ। संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि पार्टीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here