कांग्रेस प्रदेश–१ संसदीय दलको नेता बन्न दलको नेता बन्न १५ मत आवश्यक

62

विराटनगर । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदै छ । निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले केही बेरमै मतदान सुरु हुने बताए ।

दलको नेताका लागि तीनजनाको उमेदवारी परेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्की, पार्टीका प्रदेश–१ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेताका लागि उमेदवारी दिएका छन् ।

कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई छन् । थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई छन् । अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ छन् ।

अर्यालले संस्थापन (सभापति शेरबहादुर देउवा) समूह, थापाले कृष्णप्रसाद सिटौला समूह र कार्कीले संस्थापनइतर (शेखर कोइराला) समूहबाट उमेदवारी दिएका हुन् । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् । दलको नेता बन्न १५ मत आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here