१० औं टोपी दिवस मनाइयाे

83

काठमाडौं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।

आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो।  सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसमेत गरिएको छ। उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्द्धनका लागि दिवस मनाउनुपरेको बताए। कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको जनाए।

उनले विश्वमा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताए।  उनले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताए। त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईँले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताए। राष्ट्रिय पोशाक दिवसलाई विश्वमा रहेका नेपालीहरुले यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जाने कार्यक्रममा सहभागीहरुले बताए। युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गरेका कारण यसलाई लाज मानेर अघि बढ्न नहुने जनाए।

उनीहरुले अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here