सप्तरी । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइृबी) ले सप्तरीबाट स्रोत नखुलेको रकमसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिका–९ देउरी बस्ने ३२ बर्षीय रामबिलास साह तेली र सोही नगरपालिका–७ बस्ने ५० बर्षीय मायानन्द झा रहेका छन् ।
उनीहरुको साथबाट ५२ लाख ८९ हजार ५०० रुपैयाँ, मोबाईल सेट दुई थान र हिसाब लेखिएको कापी पाँच थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोठामा रहेको खाटमाथि कपडाले छोपेर राखिएको २८ लाख ८९ हजार रुपैयाँ, सोही कोठामा बसिरहेका साहको साथबाट १५ लाख रुपैयाँ र झाको साथबाट ९ लाख समेत गरी जम्मा ५२ लाख ८९ हजार ५ सय नेपाली रुपैयाा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।


















