आगलागीमा परी ५० वर्षीय पुरूषकाे मृत्यु

48

बागलुङ ।आगलागीमा परेर बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारेमा एकजनाको ज्यान गएको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्ग स्थित एक घरमा गएराति आगलागी हुँदा ५० वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here