२१ लाख नागरिक नेपालबाहिर

47
Workers walk towards the construction site of the Lusail stadium which will be build for the upcoming 2022 Fifa soccer World Cup during a stadium tour in Doha, Qatar, December 20, 2019. REUTERS/Kai Pfaffenbach - RC2XYD9VDZOB

काठमाडाैं । नेपालको जनसंख्याको ७ प्रतिशत नागरिक देशबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले २१ लाख नागरिक मुलुकबाहिर रहेको देखाएको छ ।

अध्ययनको सिलसिलामा मात्रै चार लाख १६ हजार तीन सय ६४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् । आइओएम तथ्यांकअनुसार प्रकाशित विश्व माइग्रेन रिपोर्ट २०२२ ले विश्वभर २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिक रहेको देखाएको छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०६५/६६ देखि ०७८/७९ सम्ममा वैदेशिक रोजगार विभागबाट ५० लाख आठ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको संख्या दुई लाख ८६ हजार दुई सय ४२ छ । #जनसंख्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here