वाणिज्य बैंकको चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन

64

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताएका छन् । उनले विभिन्न प्रक्रिया पश्चात् बैंकले एकपटक ठुलो सङ्ख्यामा युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने सुझाव दिएका हुन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here