सरीना बज्राचार्य, तिनथाना चन्द्रागिरि १५
रुँदैमा मेरो पिडा कम हुने भए
म आसुँको समुद्र बनाइ दिन्थे
भाव सुनाउँदैमा मेरो पिडा कम हुने भए
म आकाश झै गर्जी दिन्थे
जीवन संघर्ष हो ।
पिडालाई डबाउनै पर्ने
रूँदैमा मेरो पिडा कम हुने भए
म आसुँको समुद्र बनाइ दिन्थे
आँसु लाई पानी झै पिउनै पर्ने
दुई दिनको मायालाई
घाउ सरी छोप्नै पर्ने
भाव सुनाउँदैमा मेरो पिडा कम हुने भए
म आकाश झै गर्जी दिन्थे
जीवन संघर्ष हो ।
यसैमा हामी रूझाउनै पर्ने
रूँदैमा मेरो पिडा कम हुने भए
म आकाश झै गर्जी दिन्थे ।


















