म्यूजिक भिडियाे ‘ए चरी’ बोलको सार्वजनिक

101

काठमाडौं। गायिका अबुन पाण्डेको स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द, सङ्गीत गायक पवन गिरीको छ।

टुएका प्रडक्शनले गीतलाई सङ्गीत संयोजन गरेका हुन्। गीतमा आफूले माया गर्ने व्यक्तिसँग घुम्न र रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ।  म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।

निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन छ। भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल अबुन पाण्डेमार्फत सार्वजनिक भएको हो।

अस्ट्रेलियामा बसेर आफ्नो साङ्गीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाच न ठूली’, ‘यो केटा त’लगायतका भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here