कीर्तिपुर । कीर्तिपुर क्षेत्रको जेठो फोटो स्टुडियो कलाकार स्टुडियो संस्थापक दुर्गानन्द जोशीकाे ८४ वर्षकाे उमेरमा निधन गत साेमबार बिहान निधन भएकाे छ ।
नेवाः एचडी टेलिभिजनका प्रमुख एवम् संचारकर्मी नवीन जोशीका पिता समेत रहनु भएका दुर्गानन्द जोशी विगत केही बर्षदेखि खुट्टा दुख्ने रोगबाट ग्रसित दिवंगत जोशी सोमबार विहान अकस्मात् अचेत भएकाले कीर्तिपुर अस्पतालमा उपचारका लागि लगिएको र चिकित्सकले विहान करिब ८ः ३० बजेतिर निधन भएकाे थियाे ।
स्वर्गीय दुर्गानन्द जोशी ८४ वर्षमा निधन भएका हुन् भने उहाँको अन्तिम दाहसंस्कार कीर्तिपुर अस्पतालबाट पशुपति आर्यघाटमा सोमबार नै भएको जानकारी स्वर्गीय जोशीका जेठो छोरा संचारकर्मी नवीन जोशीले दिनुभयो ।
पाँच दशक अगाडिदेखि कीर्तिपुरमा फोटो स्टुडियो संचालन गर्दै आइरहेका स्वर्गीय दुर्गानन्द जोशीका सम्पूर्ण दाजुभाई फोटो स्टुडियो सम्बन्धी नै व्यवसायमा कार्यरत छन् ।
स्वर्गीय दुर्गानन्द जोशीले संचालन गर्नुभएको कीर्तिपुर क्षेत्रको जेठो फोटो स्टुडियो कलाकार स्टुडियो हालसम्म पनि संचालनमा छन् ।
पिता चन्द्रकुमारी जाेशी र अामा षडानन्द जाेशीकाे काेखबाट वि.सं. १९९५ चैत्र गते जन्मिएका थियाे । भने वि.सं. २०७९ माघ २३ गते साेमबार निधन भएकाे थियाे ।

















