नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग

71

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।

प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।

पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here