काठमाडाैं । राष्ट्रपतिको उम्मेदवार तय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
त्यससँगै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिशन ग्रासरुट’ बारे पनि छलफल हुने जनाइएको छ। शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको सचिव अधिकारीले जनाए।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।















