चैत १० गतेसम्म सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

93

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते सरकारले पूर्णता पाउने जनाएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन्। उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने जनाए ।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए। उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ।

त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’ प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here