७३ प्रतिशत नेपालका परिवारसँग स्मार्ट फोन

164

काठमाडौं ।  नेपालका ७३ प्रतिशत परिवारसँग स्मार्ट फोन रहेको पाइएको छ। जनगणना २०७८ का अनुसार सामान्य फोन हुनेको संख्या त्यो भन्दा केही बढी ७३.२ प्रतिशत देखिएको छ।

३.९ प्रतिशत परिवारहरुमा कुनै पनि साधन/सुविधाहरु उपलब्ध नभएको पाइयो भने ९६.१ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको पाइएको छ ।

साधन तथा सेवा सुविधाहरुको विवरण संकलन गर्न रेडियो सुविधा, टेलिभिजन, ल्याण्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, कार/जीप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर लगायत १४ वटा छनोट विकल्पहरु सहितको प्रश्न सोधिएको थियो।

यस नतिजाअनुसार ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलब्ध रहेको देखिन्छ। यसैगरी नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलब्ध नभएको परिवार केवल २.८ प्रतिशत रहेको देखिन्छ भने गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलब्ध नभएको परिवार ६.० प्रतिशत रहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here