मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन

87

काठमाडौं । मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ। ब्रेन स्ट्रोकपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत तामाङको शनिवार निधन भएको हो।

काभ्रेको तिमालस्थित कल्लेरीका ४३ तामाङको श्रीमती, एक छोरी र एक छोरी रहेको छ।

आदिवासी जनजाति पत्रकार संघ(फोनिज)का संस्थापक सदस्य, तामाङ पत्रकार संघ(एटीजे)का संस्थापक सचिवसमेत रहेका तामाङ विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरिसकेका थिए।

साहित्य र तामाङ चलचित्रको क्षेत्रमासमेत परिचित तामाङको निधनमा फोनिज, एटीजेलगायतले शोक व्यक्त गरेको छ। तामाङको बौद्ध धर्म परम्पराअनुसार सोमवार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय नाचघर जमलमा सोमवार बिहान ९ बजेदेखि ११ बजेसम्म राखिनेसमेत दोङले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here