मिटरब्याजी पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे

53

काठमाडौं ।  ११ दिन हिँडेर महोत्तरीको बर्दीबासबाट काठमाडौ आइपुगेका मिटरब्याजी पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्। आफ्ना मागहरुको सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराउन भन्दै आइतबार साँझ काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई राउतले काठमाडौंको मातातीर्थ पुगेर भेटेका हुन्।

आइतबारको प्रतिनिधीसभामा समेत यो मुद्धामा बोलेका राउतले काठमाडौं आइपुगका पिडितहरुको बसाइ र याहाँको व्यवस्थापनका बारेमा चासो राखेका थिए।

राउत संगको भेटमा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए। राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन्।

राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी रहेको भन्दै समस्या चाँडो समाधान नभए आफनो पार्टी पनि आन्दोलन जाने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here