नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियाे

45

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भइरहेको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाताले हल्ला गरेको कारण मतदान रोकिएको हो ।

महासंघको निर्वाचन समितिले हल्ला गर्नेहरूलाई मतदान स्थलबाट हटाएको छ । भने, मतदान स्थलको सुरक्षा बढाइएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । आज बिहान १० बजेबाट सुरु भएको थियो ।
महासंघमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्दै छन् ।

निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मतदान केन्द्रमा ठुलो होहल्ला भएकाले हाल मतदान कार्य रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here