हुक्का सेवन गर्ने वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम

234

एजेन्सी । हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम बढेको एक अध्ययनले देखाएको छ । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हुक्का सेवन र मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध रहेको जनाएका छन् ।

हुक्काको प्रयोग गर्ने वयस्कहरूमा मुटुरोगको जोखिम धेरै हुने अध्ययनको निष्कर्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्रमा हुक्का सेवनलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन छ । तर कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा धेरै वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको छ ।

अध्ययनपछि कतार युनिभर्सिटीले निकालेको विज्ञप्तिमा सानै उमेरदेखि हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै धेरै हुने उल्लेख छ । अध्ययनले कतारमा मात्र नभइ अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्यको विषयलाई मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here