प्रतिनिधिसभाको उपनिर्वाचनमा सेना परिचालन गरिने

31

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन्।

‘राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/१२/२९ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/१२/२८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७९/१२/३० को पत्रका आधारमा

संवत २०८० साल वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here