रोम । क्रिमोनेसेविरुद्धको दोस्रो लेग गोलरहीत बराबरीमा सकिएसँगै फ्लोरेन्टिनाले समग्रमा २–० को जित निकाल्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा टोलीले इन्टर मिलानको सामना गर्नेछ । युभेन्टसलाई हराउँदै इन्टर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल खेल २४मेमा रोमको स्टाडियो ओलिम्पिकोमा हुनेछ । फ्लोरेन्टिनाले पछिल्लो पटक सन् २००१ मा कोपा इटालियाको उपाधि जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको छैन ।


















