काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।
पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् ।


















