काठमाडौं । यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले नेपाली बजारमा प्रख्यात ‘नाम’ बनेको छ। सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल भएको करेन्ट चाउचाउको उत्पादक कम्पनी यसोदा फुड्सको दाबी छ।
प्रतिवर्ष १ करोड अमेरिकी डलर बराबरको करेन्ट चाउचाउ निर्यात हुने गरेको कम्पनीले जनाएको छ।
कम्पनीले अहिले देशभर प्रतक्ष्य र अप्रतक्ष्य रुपमा लगभग १५ हजार मानिसलाई रोजगारी प्रदान गरिरहेको पनि दाबी गरेको छ। कम्पनीका अनुसार करेन्ट चाउचाउबाट देशका ५ जिल्लाका १० हजार किसानले प्रत्यक्ष फाइदा लिएका छन्।
चाउचाउको मुख्य मसला बनाउन अकबरे खुर्सानी प्रयोग हुन्छ। कम्पनीले अहिले ५ जिल्लाका १० हजार किसानबाट अकबरे खुर्सानीलगायत चाउचाउका लागि आवश्यक खाद्यसामग्री खरिद गर्छ।
नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ। अनलाइनमार्फत् पनि करेन्ट चाउचाउ किन्न पाइन्छ।
नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको करेन्ट चाउचाउको विदेशमा पनि माग बढ्दै गएको कम्पनीको दाबी छ। हाल भारत, अस्ट्रेलिया र अमेरिका जस्ता देशहरुमा करेन्टको निर्यात हुन्छ। विदेशी मुलुकमा प्रतिवर्ष १ करोड अमेरिकी डलर (१ अर्ब ३० करोड रुपैयाँ) बराबरको चाउचाउ निर्यात हुने गरेको कम्पनीले जनाएको छ।

















