श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

48

काठमाडौं,४ जेठ आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका-६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलबस्तु शिबराज नगरपालिका-५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फाली फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तु पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here