दाफा धुकू पासा कार्यक्रम २०८० उद्घाटन

102

काठमाडौं । हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरको जात्रा रेष्टुरेण्टमा दाफा धुकू पासा कार्यक्रम २०८० उद्घाटन जेठ ६ गते शनिबार भएको छ ।

दाफा धुकू पासाका सचिव  दिलिप महर्जनले  लिच्छिबि शिलालेख अनुसार १५ बर्ष पुरानो दाफा संगितलाई कसरी अगाडि बढाउने तथा अहिलेका युवामा धिमे बाजाको आकर्षण बढ्दो  छ तर दाफामा युवाको आकर्षण घट्दो यसैलाई ध्यानमा राखेर कायक्रमको आयोजना गरेको जनाउँदै  स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले दाफा धुकू पासाले दाफा संस्कृतिलाई जिवित तुल्याउने कार्य प्रसांशा योग्य रहेको छ ।  संस्कृतिलाई जिवन्त बनाई पुस्तातरण गर्नु पर्नेमा जोड दिदै दाफा बाजालाई व्यवसायी करण गरेर संस्कृति बचाउनमा आफुले दिल ज्यान दिएर सहयाेग गर्ने प्रतिबद्वता  जनाए ।

अतिथि बरिष्ठ बाध्यबाधक दाफा गुरू न्हु्छेँ बहादुर डंगोल गुरुको शिक्षा बिना केही पनि  निपुर्ण  हुँदैन । कीर्तिपुर  भनेको कला संगितको ज्वाला उत्पन्न हुने थलो हाे । नेवार समुदाय दाफा बाजाको संगितलाई पठन पाठनमा समावेश गरेको खण्डमा संरक्षण हुने जनाए ।

दाफा प्रेमी युवायुवतीहरु  अतिथि बरिष्ठदाफा गुरू न्हु्छेँ बहादुर डंगोल र दाफा गुरु सत्य नारायण  डंगोलले  दाफा सांगितिक प्रस्तुतिले मन्त्र मुग्ध बनाएको कार्यक्रममा अतिथि  उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता), बरिष्ठ गुरू न्हूच्छे बहादुर डंगोल, साथै कीर्तिपुर पांगाको महाब्व दाफा खलका गुरू ललितकृष्ण महर्जन, थाम्बहा दाफा खलका गुरू चक्रमान महर्जन, दबु दाफा खल चोभारका गुरू धन बहादुर महर्जन, गछेँ दाफा खलका गुरू जोगमान महर्जन, भांजगल दाफा खलका गुरू फुल बहादुर मर्हजन, बालकुमारी दाफा खल, पांगाका गुरू मधु कुमार महर्जन, बाहिरीगाँउ दाफा खल, कीर्तिपुरका गुरू  श्रीकृष्ण महर्जन, कुटुझो दाफा खल कीर्तिपुरका गरू भाइवा महर्जन, कुटुसा दाफा खल कीर्तिपुरका गुरू ज्ञानेश्वर महर्जन, मानत्वा दाफा खल कीर्तिपुरका गुरू नरबहादुर महर्जन, ग्वाः ननि दाफा खल, चोभारका गुरू हरिकृष्ण महर्जन, इटागोल चिबाहा दाफा खलका गुरू हरि कृष्ण महर्जन, तननि दाफा खल कीर्तिपुरका अर्जुन महर्जन, धुसि दाफा खलका गुरू भगवान् महर्जन लगायतलाइ नेवाः परम्परा अनुसार  सुगन दिएर, फेटाले बाधेर तथा दोसाल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमको सञ्चालन दिपा महर्जनले गरेकाे थियाे ।

कीर्तिपुर क्षेत्र पयर्टन विकास क्षेत्रका अध्यक्ष विकास महर्जन,  कीर्तिपुर नगरपालिकाका दशै वडाका अध्यक्षहरु अतिथिका रूपमा बोलाएको कार्यक्रममा वडा नं. २ बाट प्रतिनिधका  रूपमा इन्जिनयर रूपेश महर्जन, वडा नं. ४ बाट सलिना स्याबा (वडा सदस्य) वडा नं. ६ का अध्यक्ष दिवाकर अधिकारी, वडा नं. १० का अध्यक्ष नरेश महर्जन अतिथिका रुपमा पाल्नु भएको कार्यक्रम रूपेन्द्र महर्जनको सभा अध्यक्षतमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

नेपाली दाफा संगितलाई माया गर्ने बिदेशीहरु समेत उपस्थित रहेकाे थियाे ।  करिब ३० जना युवाहरुले सहभागिता जनाउने कार्यक्रम आजदेखि सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here