उपनिवेशवादको नयाँ रूपमा एनजीओ

122

– हुकुमबहादुर सिंह

विश्वव्यापीकरणको चरणमा, खासगरी सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरूको विघटनपछि एनजीओहरूले विश्वव्यापीकरण र उदारवादीकरणको खराव असरलाई न्यूनीकरण गर्ने प्रमुख कामका रूपमा जिम्मा लिए । तिनीहरूले विश्वव्यापीकरणको विरोध त गरेका छैनन्, तर संयुक्त राष्ट्र संघका कर्मचारीहरूले यसलाई भनेझैं ‘सहभागीमूलक विश्वव्यापीकरण’ अथवा जनतालाई संलग्न गरेर यसलाई कार्यान्वयन गर्न चाहन्छन् । तिनीहरूले मानव अनुहार, टिकाउ विकास र अन्यसित विश्वव्यापीकरणका लागि अभियान चलाउँछन् । तिनीहरूले जनताको बीचमा भ्रमको निर्माण गर्दछन् कि विश्व बैंक, आईएमएफ, डब्लुटीओ, एडीबी र अरूहरूजस्तै साम्राज्यवादी संस्थाहरूलाई सुधार गर्न सम्भव छ । यसरी तिनीहरूले साम्राज्यवादका विरुद्ध जनसमूहको क्रोधलाई कम पादै लैजाने कोशिस गर्दछन् र उनीहरूलाई सुधारवादी विचारधारातिर मोडिदिन्छन् ।

यी एनजीओहरू जसलाई हामी जनमैत्री छन् भन्ने सोच्दछौं, लोकप्रिय असन्तुष्टिलाई संवैधानिक माग, शान्तिपूर्ण र कसैलाई नोक्सानी नगर्ने तरिकाले ‘सुरक्षित निकासका रूपमा काम गरेर त्यससँगै मिलाउने काम गर्दछन् । तिनीहरूले उत्पीडित जनतालाई विभिन्न शाखामा विभाजित गर्न खोज्दछन् र पहिचानले त्यसकारण वर्गीय एकताको विकासलाई रोक्छ । तिनीहरूले वर्गीय विभाजनलाई मेटाउन र अँध्यारो पार्न खोज्दछन् । सामाजिक समूहहरूभित्र फरक गर्न खोज्छन् । तिनीहरूले पहिचानको आधारमा मात्रै जस्तै लिंग, महिला, जात, जाति र राष्ट्रियताका आधारमा उत्पीडित र उत्पीडक बीचमा एकता गरेर अझ वर्ग विभाजन मेटाउन चाहन्छन् र सामाजिक समूहहरूभित्र विभेद गर्न खोज्छन् र वास्तवमा एनजीओहरूले उत्पीडितहरूको बीचमा गलत विश्वास मनमा पारिदिन कोशिस गर्छन् कि पू“जीवादको विकल्प छैन र पूँजीवादले अन्तिम विजय पाइसकेको छ । तिनीहरूले घोषणा गर्छन् कि माक्र्सवाद समय सिद्धिएको एउटा औषधि जस्तै भइसकेको छ र साम्यवाद मरिसकेको छ । त्यसैले जोकोहीले पनि नागरिक समाजको लोकतान्त्रिकीकरणद्वारा र मानव अनुहारलाई हसिलो बनाउने विश्वव्यापीकरणद्वारा वर्तमान विश्वमा सुधार गर्ने कोशिस गर्नु पर्छ । तिनीहरूले एउटा राज्य विरुद्धको कदम लिन्छन्, जुन बाहिरी रूपले प्रगतिशील वृत्तमा आकर्षक देखिन्छन् । यद्यपि, स–सानो स्तरमा निजीकरणलाई पूरा गर्ने कोशिस गर्छन्, जब कि उनीहरूका मालिकहरूले ठूलो स्तरमा गर्छन् । यसरी, जब अन्तर्राष्ट्रिय पू“जी अर्थतन्त्रको नियमन गर्नमा राज्यको भूमिका कठोर बन्दछ र बजारले राज्यको हस्तक्षेप विना (वास्तविकतामा यो कति गलत छ भन्ने बेग्लै हो) स्वतन्त्रता पूर्वक काम गर्न चाहन्छ । एनजीओहरूले सेल्फ हेल्प, पारस्परिक सहयोग, सामुदायिक विकास र अरूहरूको बारेमा कुरा गर्दछन् । राज्य यसरी जागिर, सिंचाइ, स्यानिटेसन, सफा खानेपानी, स्वाथ्य हेरचाह, शिक्षा प्रदान गर्ने आदि जस्ता जनताका सामाजिक उत्तरदायित्वबाट उन्मुक्त भएपछि यसको सञ्चालन एनजीओको सहयोगको नामबाट व्यक्तिहरू र निजी समूहहरूका हातमा राखिन्छ ।

यसरी एनजीओहरूले निजीकरणको सन्दर्भमा साम्राज्यवादसित साझा सवाल बनाउँछन् । तिनीहरूले ग्रामीण क्षेत्रहरू र सहरिया फोहर र दुर्गन्धित बस्तीहरू खासगरी गरीबीले सताइएका जनताका बिचमा ध्यान केन्द्रित गर्दछन् । उनीहरूको तथाकथित च्यारिटेबुल काम र विकास योजनाहरूका लागि यस्ता पिछडिएका क्षेत्रहरूलाई प्राथमिकता दिन्छन् । यद्यपि यसो गरेर उनीहरूले पिछडिएका जनताहरूको क्रोधलाई प्रभावहीन गर्ने कोशिस गर्दछन् । तिनीहरूले दलीय सक्रियता नभएकाको कुरा गरेर जनताहरूलाई अराजनीतिक बनाउन खोज्छन् ।  तिनीहरूले दाबा गर्छन् कि तिनीहरू अराजनीतिक छन् र जनताहरूलाई सबै राजनीतिक दलहरूदेखि टाडा रहन आह्वान गर्दछन्, कि तिनीहरूले आफै तिनीहरूका समस्याहरूको समाधान सेल्फ हेल्प, आपसी सहयोग आदि मार्फत समाधान गर्नु पर्छ । यसरी, यस्ता एउटा भद्र अराजनीतिक रणनीतिको वकालत गरेर एनजीओहरूले वास्तवमा यथास्थितिलाई नै संरक्षण गर्छन् र जनतामाथि शासकवर्गको विचारको प्रभाव र राजनीतिलाई जोगाएर राख्न चाहन्छन् । तिनीहरूले आफैलाई राजनीतिक दलहरूको विकल्पको रूपमा देखाउँछन् र गरीबहरूको मित्रको रूपमा आफूहरूलाई देखाएर क्रान्तिकारी पार्टीहरूलाई विस्थापित गर्ने कोशिस गर्दछन् ।

तिनीहरूले संघर्षको मार्गबाट अर्कैतर्फ मोडिदिएर, स्थापना र सुधारवादभित्र सबैभन्दा राम्रालाई टिपेर जनतालाई परिचालन गर्नबाट रोक्न खोज्छन् । पूँजीको सन्दर्भमा तिनीहरू एउटा प्रगतिशीलतालाई र कट्टरपन्थी अनुहार कायम गर्दै वाम बुद्धिजीवीहरूमाथि अत्यधिक मात्रामा निर्भर रहन सफल देखिन्छन् । उनीहरूको वितरणमा रहेको विशाल आर्थिक स्रोतलाई एनजीओहरूले वाम बुद्धिजीवीहरूलाई सेमिनारहरू, कार्यशाला गोष्ठीहरू, कनफरेन्सहरूमा सहभागी गराएर, उनीहरूलाई परियोजनाहरूमा सहभागी गराएर, अनुसन्धान र नीति सम्बन्धी इन्स्टिच्युटमा सहभागी गराएर आकर्षण गर्न र टप्प टिप्न सफल भएका छन् । साम्राज्यवादी पूँजीद्वारा विश्वभरि सयौंको संख्यामा परियोजनाहरू र इन्स्टिच्युटहरू स्थापना गरिएका छन्, जसले साम्राज्यवादीहरूको आवश्यकताअनुसार यिनीहरूको उत्पादन गर्दछन् । आफूहरूलाई यी परियोजनाहरूमा सम्बन्धित गराएर बुद्धिजीवीहरूले उनीहरूलाई गुन लगाउने काम गर्दछन् र जनताको बीचमा भ्रम सृजना गर्दछन् ।

एनजीओहरूले जनताका विचारहरूलाई परिवर्तन गर्न, विचार निर्माण गर्न र पू“जीवादी शोषणको स्थायित्वका लागि आवश्यक पर्ने भ्रमहरू र विचार निर्माण गर्न एउटा माध्यमको रूपमा काम गर्दछन् । तिनीहरूले यसरी जनताका विचारहरूमा प्रभाव पार्न सक्छन् कि राज्य र शासक वर्गीय पार्टीहरू प्रत्यक्ष रूपले सक्दैनन् । आफूहरूलाई स्वार्थरहित लोककल्याणकारीका रूपमा प्रस्तुत गर्ने कोशिस गरेर र जनताको भलाइमा प्रतिबद्ध देखाएर तिनीहरूले जनताको सहानुभूति जित्न खोज्दछन् । तिनीहरूको कट्टरपन्थी, साम्राज्यवाद विरोधी रेटोरिक र विकासबारेका कुरा, आधुनिकीकरण, ग्रासरूट लोकतन्त्र, नागरिक समाजको लोकतान्त्रिकीकरण, सामाजिक न्याय, मानवीयता र मानव अधिकार, सशक्तीकरण र अन्यले प्रगतिशील र केही क्रान्तिकारी क्षेत्रहरूलाई धोका दिन सक्छन् । यसरी तिनीहरूले जनसमुदायको बीचमा वैचारिक रहस्यमयीकरण निर्माण गर्ने गर्छन् र साम्राज्यवादी पूँजीद्वारा सजिलो लुटमारका लागि मार्ग बनाइदिन्छन् ।

केही मानिसले जोड दिन्छन् कि तिनीहरूले एसिया, अफ्रिका र लेटिन अमेरिकी देशहरूको उपनिवेशीकरणका लागि अन्तर्राष्ट्रिय पू“जीको हतियारको रूपमा काम गर्दछन् । तिनीहरूले यी देशहरूभित्र साम्राज्यवादी पूँजीको घुसपेठका लागि जमिन तयार पार्दछन् र बजारको विस्तार र पूँजीको सजिलो कार्यका लागि वातावरण निर्माण गर्दछन् । उनीहरूको कामका लागि सबैभन्दा पिछडिएका क्षेत्रहरूको छनोट गरेर एनजीओहरूले सामुदायिक विकासको नाममा, सेल्फ हेल्प समूहहरू प्रवद्र्धन गर्ने नाममा ती क्षेत्रहरूमा बजार सम्बन्धलाई लागू गर्ने र सक्रियतापूर्वक साम्राज्यवादी समर्थित विकासका योजनाहरूलाई प्रवद्र्धन गर्ने मामलामा सफलता प्राप्त गरेका छन् । तिनीहरू विश्वका सबैजसो देशहरूमा खासगरी पिछडिएका आदिवासी क्षेत्रहरूमा तथाकथित विकास परियोजनाहरूमा सक्रियतापूर्वक संलग्न भएर काम गरेका छन् ।

उत्तर आधुनिकतावादीहरू, जसले सामूहिकभन्दा व्यक्तिगतमा ज्यादा विश्वास गर्दछन्, पहिचान जस्तै लिंग, जात, जाति र राष्ट्रिय अस्तित्वका बारेमा कुरा गर्छन् र वर्गीय एकताको अवधारणालाई इन्कार गर्दछन् । एनजीओहरू साम्राज्यवादका निम्ति क्षमाप्रार्थी हुन्, जसले आफूलाई आकर्षक भाषामा छिपाएर राख्दछन् । तिनीहरूले जनताको दर्दनाक गरीबीमा व्यापार गर्दछन् र साम्राज्यवादी दातृनिकायहरू अथवा व्यक्तिबाट तेस्रो विश्वका गरीबीले सताइएकालाई देखाएर आर्थिक सहयोग खोज्दछन् । परजीवीजस्तै तिनीहरू पिछडिएका महिलाहरू, केटाकेटी र अपांग जनताको नाममा, विकासको नाममा, सशक्तीकरणको नाममा र अरू धेरैको नाममा प्राप्त आर्थिक सहयोगमा आफू बा“च्दछन् ।

तिनीहरूले तेस्रो विश्वका देशहरूभित्र साम्राज्यवादी घुसपैठलाई न्यायोचित बताउँदै साम्राज्यवादका लागि वैचारिक खुराक दिनेवालाका रूपमा सेवा दिन्छन् र ती देशहरूका अर्थतन्त्रमाथि साम्राज्यवादको बलियो पकडलाई प्रोत्साहन गर्दछन् । त्यसैले साम्राज्यवादीहरू, तिनीहरू जुकाजस्तै स्वार्थी हुन्छन्, यस्ता संगठनहरूलाई पालनपोषण गर्न ठूलो धनराशी पोख्दछन् । फोर्ड फाउन्डेसन, रकफेलर फाउन्डेसन, कार्नेजी फाउन्डेसन, हेनरिक बोल फाउन्डेसन र यस्ता अनेकौं साम्राज्यवादी संस्थाहरूले यी एनजीओहरूलाई टिकाइराख्न प्रत्येक वर्ष अर्बौं रूपैया“को खोलो बगाउ“छन् ।

तिनीहरूले इन्स्टिच्युट, अध्ययन केन्द्र आदि प्रत्येक खालका परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गर्छन् । उदाहरणका लागि फोर्ड फाउन्डेसनले १९३६ मा यसको स्थापनादेखि अहिलेसम्म १० बिलियन डलर्स विश्वका विभिन्न देशहरूमा अनगिन्ति संस्थाहरू र परियोजनाहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ । उक्त फाउन्डेसनले १९३६ देखि अहिलेसम्म विभिन्न अनुसन्धानमा काम गर्ने विद्वान्हरू र बुद्धिजीवीहरूलाई साम्राज्यवादीका लागि सान्दर्भिक विषयमा अध्ययन गर्न सहयोग दिँदै आएको छ ।

गैरनाफामूलक संस्था भएकाले यी एनजीओहरूले वास्तवमा साम्राज्यवादीका लागि फाइदा बढाउनका निम्ति काम गर्दछन् ।  यी भेष बदलेका साम्राज्यवादी दलालहरू र तिनका हितमा काम गर्नेहरूका विरुद्धको लगातारको र नथाक्ने संघर्षविना क्रान्तिकारीहरूले सुधारवाद र संवैधानिक भ्रमबाट जनतालाई बाहिर ल्याउन सक्दैनन् । यीप्रतिको सजगताको कमीले क्रान्तिकारी पार्टीहरू र क्रान्तिकारी आन्दोलनहरू कमजोर बनाउँदै लैजानेछ, जुन लेटिन अमेरिकी देशहरूमा भएको थियो । –  [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here