विश्वकप छनोटका लागि २२ सदस्यीय टोली घोषणा

63

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले २०२३ को आइसिसी किक्रेट विश्वकप छनोट खेल्नका लागि २२ सदस्यीय टिम घोषणा गरेको छ।

क्यानले उनीहरुलाई बन्द प्रशिक्षणका लागि समावेश गरेको हो। टिममा सन्दिप लामिछानेसहित केही नयाँ खेलाडीलाई पनि समावेश गरिएको छ।

जिम्बाब्बे हुने विश्वकप छनोटका लागि टोलीमा अविनास बोहोरा, श्याम ढकाल, कमलसिंह ऐरी र सूर्य तामाङ पनि समेटिएका छन्।

त्यस्तै कुशल मल्ल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, गुलसन झा, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, भिम सार्की, प्रत्युस जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल र किशोर महत्तो पनि रहेका छन्।

नेपाल हालै मात्र विश्वकप छनोटमा पुग्न सफल भएको थियो। विश्वकप छनोटमा नेपालले टेस्ट मान्यता प्राप्त देशहरुसँग खेल्ने मौका पाउने छ। उक्त खेलमा नेपाल छनोट हुन सके सिधै विश्वकप खेल्न पाउने छ।

nepali cricket team1684754080.png

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here