प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित

64
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गर्दै एमालेका सांसदहरु ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए ।

यसैबीच, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here