तापक्रम तुलनात्मक रूपमा वृद्धी हुने

67
काठमाडाैं । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सामान्य छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार स्थानीय वायु र पश्चिमी वायु कमजोर रहेकाले  तत्काल ठूलो वर्षा हुने सम्भावना छैन। तराईका भूभागमा हावाहुरीको सम्भावना भने देखिएको उनले बताए।

‍’तत्काल कुनै प्रणाली बनेर भित्रने सम्भावना छैन,स्थानीय र पश्चिमी वायु पनि कमजोर भएका कारण पानी पर्ने र तापक्रम घट्ने  सम्भावना देखिएको छैन,’ उनले भने,’ केही स्थानमा फाटफुट वर्षा भने हुन सक्छ।’

दुई तीन दिन पानी पर्ने सम्भावना नरहँदा तापक्रम तुलनात्मक रूपमा वृद्धी हुने उनले बताए। काठमाडौं उपत्यकाको तापक्रम पनि बुधबारको तुलनामा केही बढ्न सक्ने उनको भनाइ छ।

भैरहवा, सिमरा लगायतका स्थानमा केही दिनदेखिको उच्च तापक्रम कायमै रहने छ। ती क्षेत्रको तापक्रम दिउँसो ४० डिग्रीसम्म पुग्ने सम्भावना छ।  राति कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here