मोदीलाई नेपाल भ्रमणको निम्तो

28

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद होम्समा बिहीबार संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। ‘मैले नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी जीलाई निम्तो दिइसकेको छु’ प्रचण्डले भने, ‘म उनलाई नेपालमा स्वागत गर्न तयार छु।’

मोदीले गत वर्ष लुम्बिनीको भ्रमण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here