‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न खोप

55

 

दमक । झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ। ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।

रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेका छौँ, भट्टराईले भन्नुभयो । नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि आकस्मिक रूपमा कार्यपालिका बोर्ड बैठकबाट १० लाख खर्च गर्ने निर्णय गरेर सो बराबरको भ्याक्सिन खरिद गरेको थियो ।

रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालिएको हो । नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको र सुरुवातमा सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगिने दमक नगरपालिकाको पशु सेवा शाखाका प्रमुख गणेश प्रधानले बताउनुभयो । दैनिक रूपमा तीनदेखि चार सय गाईगोरुलाई भ्याक्सिन दिने गरेको छ ।

नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको नगरपालिकाले जनाएको छ । एक सयभन्दा बढी पशुचौपायाहरु मरिसकेको पनि बताइएको छ  । विष्णुप्रसाद पोखरेल गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here