भक्तपुरबाट पेस्तोल र गोलीसहित एक पक्राउ

33

काठमाडौं । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँ छन् ।

बानियाँलाई बुधबार राति पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौंको जय वागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिक सडकमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो ।

प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला सडकमा फालेर उनी फरार भएका थिए । प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेलापारेको थियो ।

खोजी गर्ने क्रममा भक्तपुरको नयाँ ठिमीस्थित नयाँ बाटोबाट बानियाँलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here