जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव फेला परेकाे छ ।
ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए।
आज बिहान स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी पुगेर शव निकालेको छ। मृतक बाहिरका व्यक्ति रहेको स्थानीयले बताएका छन्।
इनार होचो रहेको कारण आफै अचानक खसेको वा कसैले कुनै घटना घटाएको विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

















