दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु

43
Crows eat food offered by devotees as they are worshipped during Kaag (Crow) Tihar the first day of Tihar Festival at Chhauni in the capital on Friday. Crow is known as the messenger of the Lord of Death Yamaraj and is worshipped during Tihar Festival that is followed by worshipping dog, cow and worship Goddess Laxmi in the five days festival of Tihar. October 28, 2016. PHOTO/SANJOG MANANDHAR

काठमाडौं । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।

यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।

यमपञ्चकको यस अवधिमा आइतबार बिहान नरक चतुर्दशी परेकाले सूयोदयपूर्व पवित्र नदीमा गएर स्नान गरेर नर्क बगाएमा नरकमा पर्नु पर्दैन भन्ने विश्वास पनि छ । आइतबार यमराजको द्वारपालका रूपमा कुकुरको पूजा गर्ने र साँझमा घर घरमा दिपावली गरेर लक्ष्मी पूजा गर्ने गरिन्छ । यस वर्ष सोमबार गाईपूजा र मङ्गलबार गोवर्धन पूजा परेको छ । नेवारी समुदायले यसै दिन म्हः पूजासमेत गर्छन् । २९ गते बुधबार १० बजेर ५१ मिनेटमा भाइटीकाको साइत छ । सो साइतमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका र कहिल्यै नओइल्याउने मखमली फूलको माला लगाइदिने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here