विश्वकप छनोट फुटबल खेल्ने २३ सदस्यीय टोली घोषणा

50

काडमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । घुँडाको चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । त्यसपछि नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालको समूहमा बहराइन पनि छ । यूएईसँग छनोट खेल्ने नेपाली टोलीः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here