चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट लाहाैर उडे

26

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए ।

नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here