झापामा डेंगुबाट तीन जनाकाे मृत्यु हुँदा ७२७ सङ्क्रमित

52

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं. ५ का दुई जना र दमक वडा नं. ५ का एकजना छन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाका अनुसार साउन महिनामा डेंगु सङ्क्रमणका कारण नगरमा दुई जनाको मृत्यु भएको छ । डेंगुका कारण एउटै वार्डमा दुई जनाको मृत्यु भएको सङ्ग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगुको लार्भा नष्ट गर्ने र औषधि छिट्ने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकाेटीका अनुसार अनौपचारिक रुपमा जिल्लामा तीन जनाको मृत्यु भएको सार्वजनिक भएको छ ।

यसैगरी, दमक वडा नं. ५ कै एक व्यक्तिको डेंगुको कारण मृत्यु भएको आफूलाई खबर आएको उहाँले जनाउनुभयो ।

बाह्रकाेटीका अनुसार सङ्क्रमण नियन्त्रणका लागि स्थानीय तहसम्म डेंगु सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने र चेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् । डेंगुको खास उपचार नभएकाले डेंगु सङ्क्रमणबाट बच्नु नै सबैभन्दा उत्तम हुने उहाँले बताउनुभयो । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here