स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा

146

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्ने तयारी गरिरहेको बताए। उनले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए।

नयाँ संकल्प र नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको उनको भनाइ छ।

‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदै छ र मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको छ,’उन भने। यस्तै,उनले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here