कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने

84

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । निर्देशक राजु गिरीले अस्ट्रेलिया निवासी सरोज खनालसँग मिलेर यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।

निर्माण टिमले चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । राजुले थुप्रै फिल्म निर्देशन गरिसकेका छन् भने सरोज यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

खनाल एसके प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको अहिले धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको छ । मङ्सिर दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रका लागि अहिले कलाकार छनोटको काम भइरहेको छ । केही चलचित्रमा फिल्मको मुख्य कलाकार र प्राविधिक टिम सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

एक दशक लामो समयदेखि मेलवर्नमा बस्दै आएका खनालले एसके फ्रेस प्रालीको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका अलवा समाजसेवामा समेत सक्रिय छन् ।

देवेन्द्र खनाल निर्माता रहेको फिल्ममा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय बिराज खत्री, तुलसा खनाल र रेमन्त वली सह निर्माताको रुपमा रहेका छन् । चलचित्रका लागि केही कलाकार छानिएको  र केही छनौट बाँकी भएकोले अहिले सार्वजनिक नगरिएको निर्देशक गिरीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here