स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान

46

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन्।

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए।

उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन्। मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here