सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घट्याे

38

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको हो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो। यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here