काठमाडाैं । आज तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा ( माओवीदी केन्द्र) का उपमहासचिव, सम्पर्क- समन्वय प्रदेश तथा पार्टी स्कूलिंग विभागका ईन्चार्ज क. गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्य, पार्टीका केन्द्रिय सदस्य तथा तीन महिने अभियानका कीर्तिपुर नगरपालिका ईन्चार्ज क. सु्र्य सुवेदी पथिकको आतिथ्यमा कीर्तिपुरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा बुद्विजीवी संगठन कीर्तिपुरका ईन्चार्ज क. मोती नेपालीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भयो भने कार्यक्रमका बारेमा बुद्विजीवी संगठन काठमान्डौका अध्यक्ष प्रा. डा. शिवशरण महर्जनले आफ्नो धाराणा राख्नु भएको थियो।कार्यक्रममा क. पथिकले तीन महिने अभियानमा कीर्तिपुरका बुद्विजीवीले निभाउनुपर्ने भुमिकाका बारेमा स्पष्ट पार्नु भयो भने प्रमुख अतिथि क. गिरीराजमणी पोखरेलले भोलीका दिनमा प्रशिक्षकले के-के विषयमा प्रशिक्षण दिनुपर्ने, पार्टीले अंगालेको तीन निति, तीन मोर्चा र तीन औजार सम्बन्धिको अबधारणा माथि प्रकाश पार्नु भयो।
उहॅाले तीन महिने अभियान अन्तर्गत पार्टीले गर्नु पर्ने मुख्यतः पॅाच कार्यहरुः पार्टी संगठन निर्माण र परिचालन, जनताको घरदैलोमा जाने, उत्पादनमुलक कार्यमा सहभागिता जनाउने, प्रविधिमैत्री पार्टी निर्माण गर्ने र पार्टीका नेताहरुले सर्वहारावर्गीय जिवनशैली अपनाउने बारेमा बिशेष जोड दिन आग्रह गर्नु भयो।करिव चालिस जना प्रशिक्षार्थी सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहाकार तथा स्कूलिंग विभाग कीर्तिपुरका ईन्चार्ज डा. चन्द्रकान्त पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा स्वतन्त्र पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएका वार्ड नं ४ का सुगम पोखरेललाई प्रमुख अतिथि द्वारा रातो टिका र खादा लगाई स्वागत गरिएको थियो। कार्यक्रम बुद्विजीवी कीर्तिपुर नगर समितिको सचिव डा. तिलक केसीको संचालन र अध्यक्ष क. प्रकाश महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो।


















