नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति, सहयोग गर्न सबैमा अपील

140

कपिलवस्तु । असोज १ नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्।

विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनका का लागि नेपाल शिक्षक महासंघ कपिलवस्तुले पनि प्रेस विज्ञप्ति निकालेको छ । यस बाट सिर्जना हुने परिमाणप्रति सरकार नै जिम्मेवार हुने कुरा पनि जानकारी गराउन चाहन्छौं । साथै नेपाली शिक्षक कर्मचारीका न्यायिक माग मुद्दाहरु ऐन मार्फत संबाेधन गराउन सहयोग समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन हुन हामी विद्यार्थी , अभिभावक ,शिक्षाप्रेमिहरु, स्थानीय सरकार, शिक्षा सराेकार समुहहरु, पत्रकार मित्रहरु लगायत आम जनसमुदायहरुमा हार्दिक अपिल गर्नुहाेस् ।

विद्यार्थी वर्गमा पर्ने सिकाइकाे असरलाई विदाका दिनहरुमा व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दैछौं । साथै मिति २०८० असाेज २ गते शिक्षा दिवसका अवसरमा संचालन हुने कुनै पनि कार्यक्रममा शिक्षक कर्मचारीहरुले सहभागीता नजनाउनु हुन समेत अपिल गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here