नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम

82

काठमाडौं । नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएकाछन् ।

सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टीमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान कायम गरेका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली क्रिकेट टीम र खेलाडीहरूमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भइरहेको उक्त १९औं एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here