अवैध लागूऔषधसहित चार जना पक्राउ

32

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार 3 दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका-२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् ।

लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here