काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ ।
११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् ।
‘धेरै अमेरिकन मारिएको विवरण आएका छन् । त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं ।’
युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुबै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयलले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।
इजरायल–प्यालेस्टाइन युद्धका क्रममा भारतका २७ नागरिकलाई इजरायलबाट इजिप्ट पुर्याइएको छ ।
राज्यसभा सदस्य वानवेइरी खारलुखी, उनकी पत्नि, छोरीसहित भारतीय नागरिकलाई सुरक्षित रुपमा सीमा कटाइएको छ ।
२७ जना नै मेघालयका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इजरायलमा १८ हजार बढी भारतीय नागरिक छन् । त्यस मध्ये धेरै जना केयर गिभरको रोजगारीमा छन् ।
इजरायली सैनिक सेवामा रहेका बेलायती एक नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
इजरायलको सुरक्षा फौजमा रहेका बेलायती नागरिक नाथानेल योङको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ । बेलायती एक नागरिक हराइरहेको बीबीसीले लेखेको छ ।
फ्रान्सको एक महिलाको मृत्यु भएको रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइतबारसम्म फ्रेन्च नागरिकको हताहतीको पूर्ण जानकारी संकलन भइसकेको छैन ।
घाइते बेलारुसका दुई जना नागरिकको अवस्था गम्भिर रहेको दी टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हमासले दुई मेक्सिकनलाई नियन्त्रणमा लिएको छ ।
जर्मन–इजरायली एक नागरिक हमासको नियन्त्रणमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कम्बोडियाका एक विद्यार्थीको मृत्य भएको छ ।

















