शुभकामना आदानप्रदान चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

174

काठमाडौं । नजिकिदै गएको चाडपर्वकाे अवसरमा आदान प्रदान तथा चंगा चैट प्रतियोगिता खुल्लामञ्चमा असोज २८ गते भएको छ ।

नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी एवम् अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका कमिटीको संयोजनमा तथा सम्पुर्ण जनसंगठनहरुबीच दशैं, तिहार, नेपाल संवत ११४४ न्हुदँया भिंतुना नयाँ बर्ष, छठ पर्वको शुभकामना आदानप्रदान भएकाे थियाे ।

१०५ जना सहभागी रहेको चङा चैट प्रतियाेगिता गरिएकाे  कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा पानसमा बत्ती बाली ५ फिटको चङ्गा उदाइ कार्यक्रमको उद्घाटन भएको थियो ।

कार्यक्रममा प्रथम रुबेल थापा क्षेत्री, दोस्रो सुर्य प्रजापति र तेस्रो चंदन ढकाल भएको थियो। कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं काठमाडौं महानगरपालिका ईन्चार्ज  रामेश्वर फुयाल तथा बिभिन्न तह र तप्कामा रहनु भएका नेता कमरेडहरुको उपस्थिति रहेको थियो। नेकपा (एमाले) काठमाडौं महानगरपालिका अध्यक्ष निर्मल देउलाले चङ्गा चैटको इतिहास बारे बताउनु भएको थियो ।

खुल्लामञ्चको पुरानो नाम तिंख्य रहेको र सम्पदा स्थलमा सम्पदा जोगाउने कार्यक्रम चङ्गा चैट कार्यक्रम रहेको बताए साथै आउने दिनहरुमा पनि अझै सशक्त ढंगले कार्यक्रमहरु गरी सुर्ये ध्वजाबहाक नेकपा (एमाले) साथ-साथै सम्पदा, किसान र युवा जोडेर जाने कार्यक्रमहरु मा जोद दिनुभयो नेकपा (एमाले) काठमाडौं महानगरपालिका सदस्य एवम् अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी सचिब सुमित रंजितले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here