राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ संसद बैठकमा प्रस्तुत गर्ने

62

काठमाडौं । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रश्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रश्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा सोमबार छलफल भएको हो ।

छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताइन् । उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलबारको संसद बैठकमा पेस हुने जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here