रुकुमपश्चिम । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरुको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो ।
पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

















