तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगे

25

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ ।

पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन् । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।

उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् । चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन(नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here